एमालेले घोषणापत्रका २० ग्यारेन्टीको भुक्तानी दिन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले घोषणापत्र उल्लेख गरेका २० ग्यारेन्टीको भुक्तानी माग्न सकिने बताएका छन् । सोमबार बैंकर अनिल केसरी शाहसँगको लाइभ डिवेटमा ओलीले भने, ‘एमालेको घोषणापत्र बरफको डल्लो होइन । जो कि बिलाएर जाने । यो एउटा नोट हो । यसमा २० ग्यारेन्टी राखिएको छ । यसको ग्यारेन्टी एमाले हो । हामी हो । त्यो ग्यारेन्टी भुक्तानी गर्न मिल्छ ।’
एमालेले पैसा जस्तै ग्यारेन्टी भएको घोषणापत्र ल्याएको ओलीले दाबी गरे । ‘नोट च्यातिँदा बैंक ग्यारेन्टी हुन्छ । त्यो कागज होइन । पैसाको ग्यारेन्टी राष्ट्र बैँकले लिन्छ । नोट छापेर गभर्नरले हस्ताक्षर गरेको हुन्छ । हाम्रो घोषणापत्रमा पनि हस्ताक्षर गरिएको छ । हामीले त्यो ग्यारेन्टी गरेका छौं ।’
यसको भुक्तानी जनताले आफूहरूसँग माग्न सक्ने उनले बताए । ‘हामी उत्तरदायी भएर यसको भुक्तानी गर्न तयार छौँ । हाम्रो वचन एक्सनका लागि हो,’ ओली भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण