धर्मबारे राप्रपा र एमालेको धारणा के ?
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि केही निर्वाचन क्षेत्रमा तालमेल गरेका एमाले र राप्रपाले आफ्नो घोषणापत्रमा धार्मिक विषय पनि समेटेका छन् । हिन्दुवादी पार्टी राप्रपाले आफ्नो घोषणापत्रमा मठमन्दिर, गुम्बा, मस्जिद, माङ्गहिमलगायतका सबै धार्मिक संघसंस्थाहरूको विकास तथा संरक्षण गर्ने उल्लेख गरेको छ ।
यस्तै बढ्दो धर्मान्तरणको बेगलाई निस्तेज पार्न संविधान र कानुनमा भएको व्यवस्थालाई कडाइको साथ कार्यान्वयन गर्नुका साथै संगठित र योजनाबद्ध धर्म परिवतर्नलाई नियन्त्रण तथा निरुत्साहित गर्ने प्रतिबद्धता जनाएको छ ।
सबै धर्मका बीचमा समानता र सबै धर्मलाई बराबरी स्वतन्त्रता प्रदान गर्दै नेपालमा प्रचलित सम्पूर्ण धर्म सम्प्रदायको सम्मान, संरक्षण र सम्वर्द्धन गर्ने राप्रपाको प्रतिबद्धता छ । धर्मको आधारमा कुनै पनि प्रकारको भेदभावलाई दण्डनीय बनाउने प्रतिबद्धता जनाएको राप्रपाले भनेको छ, ‘आ–आफ्नो धर्म, संस्कृति, परम्परा र रीतिरिवाज बमोजिम पूजा, आराधना र उपासना गर्न पाउने नागरिकको अधिकारको सुनिश्चितता र संरक्षण गरिनेछ ।’
राप्रपाको घोषणापत्रको प्रारम्भमै मुलुकको गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, परम्पराको जगेर्ना गर्दै हाम्रो जीवनकालमा सवल, समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव रहेको उल्लेख गरेको छ । एमालेले भने सामाजिक सद्भाव, राष्ट्रिय एकता, सांस्कृतिक र धार्मिक सहिष्णुता एवं उदार मूल्यहरूको अभिवृद्धि गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक विशेषतालाई संरक्षण र संवर्द्धन गर्ने पनि एमालेको भनाइ छ । ‘सङ्कीर्णता, भौगोलिक विखण्डन र धार्मिक अतिवादजस्ता प्रवृत्तिलाई निरुत्साहित गरिने पनि एमालेको प्रतिबद्धता छ ।
यसबाहेक विविधता र बहुलतालाई नेपालको सम्पदाका रूपमा विकास गर्ने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सदृढ गर्ने, सभ्यता, भाषा, धर्म र संस्कृतिको संरक्षण र विकास गर्ने, नेपाली सभ्यतालाई नयाँ उचाइमा लैजान पुनःर्जागरणको अभियान सञ्चालन गर्ने लगायतका विषय पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा