आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेता सन्त र सन्यासीजस्तो हुनुपर्छ : ओली

मङ्गलबार, १५ कात्तिक २०७९, १५ : ३७
मङ्गलबार, १५ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि नेतृत्व स्वच्छ हुनुपर्ने बताएका छन्  ।  सोमबार बैंकर अनिल केसरी शाहसँगको लाइभ डिवेटमा ओलीले सो कुरा बताएका हुन् ।

‘नेतृत्वमा प्रतिबद्धता हुनुपर्दछ । म भ्रष्टाचार गर्दैन भन्ने अठोट गर्छु,’ ओली भन्छन्, ‘ म भ्रष्टचार गर्दिनँ भन्ने कुरा बचनले होइन, मन, व्यवहार र आचरणले प्रतिबद्ध रहनुपर्छ ।’ 
राज्य संयन्त्रको दुरुपयोग विना भ्रष्टाचार सम्भव नरहेको ओलीले बताए । ‘त्यसकारण भ्रष्टाचार नियन्त्रणका लागि पहिला आफ्नो प्रतिबद्धता चाहियो, आफूमा इमान्दारिता चाहियो,’ ओलीले भने ।

राजनीतिक नेता सन्त र सन्याशी जस्तो हुनुपर्ने ओलीले बताए । ‘राजनीतिक नेता एउटा सन्त जस्तो हुनुपर्छ, सन्यासी  जस्तो हुनुपर्छ , त्यागी हुनुपर्दछ । उ आफै लोभी छ भने उसलाई छोरा छोरी हेरेपछि माया लागेर २० पुस्ताका लागि सुरक्षित बनाउने चिन्ता लाग्ने हुँदा भ्रष्टाचार नियन्त्रण गर्न सकिँदैन । मान्छेले मरेर जाने कुरा बिर्सिन्छ ।’

केही पार्टी र नेताले एमाले नेतृत्व सरकारको विरोध गरेपनि विश्वले प्रशंसा गरेको बताए । त्यो प्रशंसा आगामी पाँच वर्षमा फरक नपर्ने गरी स्थापित गर्ने विकासको एक पाइलो अगाडि बढ्ने ओलीले बताए । 
‘अल्पविकसित मुलुकबाट विकासशील देशमा उन्नति गर्यौ है भन्नै सबै प्यारामिटरहरु पुरा गर्नेछौं ।’

यस्तै पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने ओलीले बताए । उनले भने– ‘कसैले लुकेर कतै भ्रष्टाचार गरेपनि कारबाहीबाट उन्मिुक्त पाँँदैन । पाँच वर्षभित्र भ्रष्टाचार मुक्त, सुशासनयुक्त बनाउँछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप