नेता सन्त र सन्यासीजस्तो हुनुपर्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि नेतृत्व स्वच्छ हुनुपर्ने बताएका छन् । सोमबार बैंकर अनिल केसरी शाहसँगको लाइभ डिवेटमा ओलीले सो कुरा बताएका हुन् ।
‘नेतृत्वमा प्रतिबद्धता हुनुपर्दछ । म भ्रष्टाचार गर्दैन भन्ने अठोट गर्छु,’ ओली भन्छन्, ‘ म भ्रष्टचार गर्दिनँ भन्ने कुरा बचनले होइन, मन, व्यवहार र आचरणले प्रतिबद्ध रहनुपर्छ ।’
राज्य संयन्त्रको दुरुपयोग विना भ्रष्टाचार सम्भव नरहेको ओलीले बताए । ‘त्यसकारण भ्रष्टाचार नियन्त्रणका लागि पहिला आफ्नो प्रतिबद्धता चाहियो, आफूमा इमान्दारिता चाहियो,’ ओलीले भने ।
राजनीतिक नेता सन्त र सन्याशी जस्तो हुनुपर्ने ओलीले बताए । ‘राजनीतिक नेता एउटा सन्त जस्तो हुनुपर्छ, सन्यासी जस्तो हुनुपर्छ , त्यागी हुनुपर्दछ । उ आफै लोभी छ भने उसलाई छोरा छोरी हेरेपछि माया लागेर २० पुस्ताका लागि सुरक्षित बनाउने चिन्ता लाग्ने हुँदा भ्रष्टाचार नियन्त्रण गर्न सकिँदैन । मान्छेले मरेर जाने कुरा बिर्सिन्छ ।’
केही पार्टी र नेताले एमाले नेतृत्व सरकारको विरोध गरेपनि विश्वले प्रशंसा गरेको बताए । त्यो प्रशंसा आगामी पाँच वर्षमा फरक नपर्ने गरी स्थापित गर्ने विकासको एक पाइलो अगाडि बढ्ने ओलीले बताए ।
‘अल्पविकसित मुलुकबाट विकासशील देशमा उन्नति गर्यौ है भन्नै सबै प्यारामिटरहरु पुरा गर्नेछौं ।’
यस्तै पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने ओलीले बताए । उनले भने– ‘कसैले लुकेर कतै भ्रष्टाचार गरेपनि कारबाहीबाट उन्मिुक्त पाँँदैन । पाँच वर्षभित्र भ्रष्टाचार मुक्त, सुशासनयुक्त बनाउँछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण