शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मैले बहुमतको सरकार ढालेको होइन : अध्यक्ष ओली

मङ्गलबार, १५ कात्तिक २०७९, १५ : ०६
मङ्गलबार, १५ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७४ मा आफ्नो पार्टीले बहुमत नपाएको बताएका छन् । लाइभ डिवेटमार्फत ओलीले ०७४ मा एमालेलाई प्रत्यक्ष र समानुपातिक गरी १२१ सिट मात्र प्राप्त भएको बताए । 

उनले भने, ‘एमालेलाई प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ सिट दिइएको थियो । बहुमतका लागि १३८ सिट चाहिन्थ्यो । हामीसँग मिलेर चुनाव लडेको पार्टीलाई मिलाएर सरकार बनाउनुपर्ने थियो । पार्टीसँग एकता गरेर बहुमत पुर्याइएको हो ।’ 

तर त्यो बहुमतको सरकार एमालेले नढालेको उनको जिकिर छ । ‘त्यो सरकार ढालेको एमाले अध्यक्षका हिसाबले वा तत्कालीन प्रधानमन्त्रीका हिसाबले मैले पनि होइन । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन कस कसले भूमिका खेले जगजाहेर छ ,’ ओलीले भने । ०७४ को चुनावपछि एमालेको सरकार बनाउन नदिन सुरुमै गम्भीर षडयन्त्र भएको ओलीको दाबी छ । 

‘मंसिरमा चुनाव सम्पन्न भए पनि सरकार बनाउन नदिने गम्भीर षडयन्त्र भयो । चुनाव एमालेसँग मिलेर लड्ने र भित्रभित्रै अर्को षडयन्त्र गर्ने अरुसँग मिलेर सरकार बनाउन खोजेर फागुन ३ गतेसम्म सरकार बनाउन दिइएन । निर्वाचन कार्यालयबाट राष्ट्रपति कार्यालयसम्म परिणाम पुग्न डेढ महिना लाग्यो । निर्वाचन आयोगले परिणाम नै पठाएन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप