सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एमालेको घोषणापत्रमा कहाँ र कस्ता रेल ?

मङ्गलबार, १५ कात्तिक २०७९, १५ : ०४
मङ्गलबार, १५ कात्तिक २०७९

काठमाडौं । नेकपा एमालेले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग सञ्चालनको योजना अघि सारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा देशका विभिन्न भागमा रेल यातायात सञ्चालन गर्ने योजना समेटिएको छ ।

‘निर्माणाधीन पूर्व–पश्चिम रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ,’ एमालेले घोषणापत्रमा भनेको छ, ‘निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने छ ।’ बाँकी भागको जग्गा अधिग्रहण कार्य गर्ने एमालेले जनाएको छ ।

यस्तै, रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया सुरु गर्ने तथा सबै महानगरमा र काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पडवे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि एमालेले घोषणापत्रमा जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप