शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘विप्लवको दाइ’ को मृत्युको एक वर्षपछि नेकपाले बनायो छानबिन समिति

मङ्गलबार, १५ कात्तिक २०७९, १४ : १०
मङ्गलबार, १५ कात्तिक २०७९

नेकपाका नेता तथा महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ को मृत्युको एक वर्षपछि सो पार्टीले छानबिन समिति बनाएको छ । सो पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकको निर्णयअनुसार चन्दको मृत्युको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरिएको उल्लेख छ । 

‘कमरेड वीरजंगको मृत्युबारे पार्टीमा विभिन्न सुझाव र मागहरु आएकाले सत्य तथ्य पत्ता लगाइ के भन्ने सन्दर्भमा पार्टीमा निर्णय दिन स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति निर्माण गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । 

वीरजंगको २०७८ असोज २८ गते भारतमा उपचारका क्रममा मृत्यु भएको थियो । दिल्लीस्थित म्याक्सीस अस्पतालमा मृत्यु भएका उनी रक्तचाप, मधुमेह र फोक्सोको बिरामी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप