हाम्रो महाधिवेशन नहोस् भनेर धुप बाले : विश्वकर्मा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीको ९ औ महाधिवेशन नहोस् भनेर धुप बालेको बताएका छन् । मंगलबार पार्टी महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वकर्माले आफूहरूले गत असोज १ गते काठमाडौंमा भव्य रुपमा महाधिवेशन गर्न खोजिएपनि षडयन्त्र भएको जिकिर गरे।
‘हामीले गत असोज १ गते काठमाडौंमा भव्य रुपमा हजारौं जनताको बीचमा महाधिवेशन गर्न खोजेका थियौँ । त्यसका विरुद्ध धेरै ठूलो षडयन्त्र भयो । साम्राज्यवादी र पूँजीवादीहरुले षडयन्त्र गरे । यो राज्यमा भएको दलालतन्त्रले षडयन्त्र गर्यो । हामीले असोज १ गते महाधिवेशन उद्घाटन गर्न सकेनौ’ विश्वकर्माले भने, ‘दलाल तन्त्रका विरुद्ध जन संघर्ष गनुपर्यो । त्यसपछि असोज २५ गते कपिलवस्तुमा महाधिवेशन गरियौँ एउटा जित गरेर महाधिवेशन गरियौ नेपालका श्रमजीवी जनतालाई आनन्द भयो ।’
विप्लवले कपिलवस्तुमा महल खडा गरेको भन्ने विषयमा गरिएको प्रचारको समेत विश्वकर्माले खण्डन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसूति अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन
-
विद्युत् खरिद सम्झौता खुला गर्नुपर्छ : इप्पान
-
तोकिएकै समयमा अधिवेशन गर्न दलित संघलाई नेता कोइरालाको सुझाव
-
दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा
-
गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु
-
झरी रोकिएपछि अनुगमनमा निस्किए मन्त्री, भौतिक मन्त्री सिंहदरबारमै