शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा र नेकपाका प्रवक्ताबीच भेटघाट

मङ्गलबार, १५ कात्तिक २०७९, १३ : ३१
मङ्गलबार, १५ कात्तिक २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान देउवा र विश्वकर्माबीच भेटघाट भएको हो ।

 आसन्न मङसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गरी भेटघाट भएको हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्री ज्यू र उहाँ (विश्वकर्मा) बीच मात्रै भेटघाट भयो । चुनावलाई शान्तिपूर्ण रुपमा पुरा गर्नुपर्छ भन्ने विषयमा छलफल भएको हुनसक्छ’ उक्त स्रोतले भन्यो । देउवा र विश्वकर्माबीच आधा घण्टामात्रै भेटघाट भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप