बुधबारदेखि गायिका अस्मिताको ४ शहरमा ‘लाइभ कन्सर्ट’

गायिका अस्मिता अधिकारीले बुधबारदेखि पूर्वी नेपालका विभिन्न शहरमा ‘लाइभ कन्सर्ट’ गर्ने भएकी छन् । ‘डिभाइन नाइट द म्युजिकल विथ अस्मिता अधिकारी’ नाम दिइएको कन्सटमा उनले आफ्नो लोकप्रिय गीतमार्फत दर्शक नचाउनेछिन् ।
पूर्वी नेपालमा विभिन्न चार शहरमा आयोजना हुने कन्सर्ट भाइरल इन्टरटेनमेन्ट र सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन लागेको हो । बुधबार धरानको भिन्टेज क्याफे एण्ड लाउञ्ज बारबाट सुरु हुने कन्सर्ट बिहीबार उर्लाबारीको टोटाला रेस्ट्रो एण्ड बारमा, शुक्रवार विराटनगरको तृष्णा द कार्भिङ टेल्समा तथा शनिवार बिर्तामोडको मोक्ष रेस्ट्रो एण्ड बारमा हुनेछ ।
नेपाल आइडलको दोस्रो सिजनकी थर्ड रनर्स अप समेत रहेकी गायिका अधिकारी झापाकी स्थायी बासिन्दा हुन् । गायिका अधिकारीका बाबरी रङ्गमा, काफल कमल, टाढा भएपनि, लज्जावती झार, को होला त्यो, साली मन पर्यो, तिम्रो मायाले बाँधेर राख, रम रम मरौँतीसहित थुप्रै गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन