अर्थमन्त्री शर्माद्वारा ठूला पूर्वाधारहरूमा अमेरिकी सहयोगको अपेक्षा

अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला पूर्वाधारहरुको विकासमा अमेरिकी आर्थिक सहयोगको अपेक्षा गरेका छन् । मंगलबार राजधानीमा नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत आर.थम्प्सनसँग भेट वार्ता गर्दै अर्थमन्त्री शर्माले यस्तो अपेक्षा रहेको बताएका हुन् ।
युएसएड लगायतका अमेरिकी नियोगहरूमार्फत् नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गरे ।
त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको सन्दर्भ जोड्दै मन्त्री शर्माले त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह समेत गरे । भेटमा अर्थमन्त्री शर्माले महामहिम राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन समेत गरे ।
‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ । चाहे त्यो महाभूकम्पका बेला होस् या त कोरोना महामारी लगायतका संकटका बेला, अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।’
भेटका क्रममा राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातल गायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताए । उनले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताए ।
‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ’ राजदूत थम्प्सनले भने । भेटका अवसरमा उनले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिना मगर मेमोरियल खुला कराँते प्रतियोगिता सुरु
-
पत्रकारलाई थुन्ने कानुन अस्वीकार्य : युनियन अध्यक्ष लम्साल
-
मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा छौँ : मन्त्री सुडी
-
थुनुवाको पोसाकमा अदालतबाट हाँस्दै बाहिरिए दुर्गा प्रसाईं
-
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो, तस्बिरमा हेर्नुहोस्
-
नबिल बैंक सम्मानित