बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

झापामा ओलीले हार्ने भएर एमाले–राप्रपा गठबन्धन बन्यो : भुसाल

मङ्गलबार, १५ कात्तिक २०७९, ११ : ३३
मङ्गलबार, १५ कात्तिक २०७९

रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच बनेको चुनावी गठबन्धन केपी ओलीलाई जिताउन मात्रै बनेको दाबी गरेका छन् । 

नेता भुसालले भने, ‘अन्य गठबन्धनलाई अपवित्र भन्ने केपी ओलीले राप्रपासँग गरेको गठबन्धन बरु अपवित्र हो, झापा क्षेत्र नम्बर ५ चुनाव हार्ने डरले ओलीले राप्रपासँग गठबन्धन गरेका हुन् ।’  एमालेलाई चाहिएर नभइ झापामा आफू सुरक्षित ओलीले राप्रपाको सहारा लिएको उनको भनाइ छ । 

ओलीले संविधान च्यात्ने कोसिस गर्दा विरोधमा उभिएका सबै शक्ति पवित्र र संविधानको रक्षा गर्ने गठबन्धनका रुपमा स्थापित भएको उनको तर्क छ । रुपन्देहीको देवदह १० चरङगेमा सम्पर्क कार्यालय उद्‍घाटन गर्दै  नेता भुसालले ओलीले आफू र केही सीमित एमालेका नेतालाई जिताउन राप्रपासँग चुनावी एकता गरेको पनि बताए । 

त्रिभुज चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका नेता भुसालले आफू पाँच दलीय गठबन्धनको मात्र नभएर समाजवादको यात्रामा रहेका एमालेका नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताए । उनले भने, ‘म गठबन्धनको मात्र होइन मैले ४५ वर्षसम्म योगदान गरेको एमाले भित्रका समाजवाद उद्देश्य भएका सबै साथीहरुको म प्रतिनिधि हुँ ।’ नेता भुसालले ५ सय एमाले पार्टी सदस्यबाट अहिले ११ लाख पुर्याउन आफूले महत्वपूर्ण भूमिका खेलेको बताए । समाजवाद उन्मुख एमाले नेता कार्यकर्ताले आफूलाई मत हालेर जिताउने विश्वास उनले व्यक्त गरे । 

कार्यक्रममा प्रदेश सभा (ख) का उम्मेदवार अब्दुल रज्जाकले स्थानीयको चाहना अनुसार विकास निर्माणका काम अघि बढाइएको भन्दै आगामी कार्यकालमा धेरै अधुरा आयोजनाहरु पुरा गरिने वचनबद्धता प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप