पूर्व स्वीकृतिविना टर्कीमा कामदार पठाउन खोज्ने मेनपावर कम्पनीमा छापा
![पूर्व स्वीकृतिविना टर्कीमा कामदार पठाउन खोज्ने मेनपावर कम्पनीमा छापा](https://rpcdn.ratopati.com/media/albums/baideshik-rojagar-bivag_g5WmeKBG8C.webp)
वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ । मागपत्र र पूर्व स्वीकृति विना नै नेपाली कामदारलाई टर्की पठाउन खोजिरहेको मास्टर जब प्रालिमा विभागले छापा मारेको हो । छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागका निर्देशक कुष्णप्रसाद भुसालले जानकारी दिए ।
टर्कीका विभिन्न कम्पनीमा हेभि ड्राइभर काममा पठाउन भनी कामदार छनौटको अन्तर्वार्ता/ट्रायल भइरहेको भन्ने सूचना विभागसम्म पुगेको थियो । सूचना प्राप्त हुनासाथ सोमबार विभागको टोली अन्तर्वार्ता/ट्रायल लिइरहेको अवस्थामा पुगेको थियो । छापा मार्ने क्रममा ३० जनासँग अन्तर्वार्ता लिइरहेको थियो ।
उक्त कम्पनीले कामदार मागपत्र प्रमाणीकरण नगरिकनै टर्की पठाउने भनेर युवाहरूसँग अन्तर्वार्ता लिइरहेको पाइएको निर्देशक भुसालले बताए । विभागको टोलीले सो सम्बन्धी कागजातहरू बरामद गरी आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ