तोसिमा कार्की र नो नट अगेनसम्बन्धी रिट न्यायाधीश चुडालको इजलासमा
लाभको पदमा रहेको ठहर गर्दै उम्मेदवारी खारेज गरिदिएको तोसिमा कार्की र नो नट अगेनमाथि प्रतिबन्धका सम्बन्धमा परको रिट न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ ।
मेडिकल काउन्सिलको सदस्य भई बैठक भत्ता बुझेकै आधारमा त्यसलाई लाभको पद मान्दै उम्मेदवार हुन अयोग्य हुने निर्वाचन आयोगले निर्णय गरेपछि ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्की सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन् । मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको र त्यहाँबाट नियमित तलब तथा भत्ता नबुझेको कारण आफ्नो उम्मेदवारी कायम रहनुपर्ने माग गर्दै तोसिमा अदालत गएकी थिइन् । उनको रिटमाथि अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने सम्बन्धमा मंगलबार सुनुवाइ हुने छ ।
सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिई छलफलका लागि बोलाएमा उनको उम्मेदवारी तत्कालका लागि कायम नै रहनेछ र दुई न्यायाधीशको संयुक्त इजलासमा दुवै पक्षको कुरा सुनेपछि अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने विषयमा निर्णय हुनेछ । तर मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेमा उनको उम्मेदवारी निष्क्रिय हुनेछ ।
त्यसैगरी नो नट अगेन लगायतका फेसबुक पेजमाथि प्रतिबन्ध लगाउने वा पेज बन्द नगरे कारवाही गर्ने निर्वाचन आयोगको चेतावानीविरुद्ध परेको रिट पनि न्यायाधीश डा. कुमार चुडालकै इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमा पनि मंगलबार सुनुवाइ हुनेछ । उनीहरुले निर्वाचन आयोगको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र वाक स्वतन्त्रताको रक्षा गर्न परमादेशको माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने
-
सर्लाहीबाट लागु औषधसहित ३ जना पक्राउ
-
हिमाली र पहाडी क्षेत्रका जडीबुटी खाएर हुर्किएका भैँसीको मासु गुणस्तरीय हुन्छ : मन्त्री अधिकारी
-
जीबी राईलाई ४ वटा मुद्दा, रविसहित ५० जनालाई ३ वटा मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन