अनमोलको ‘छड्के २’ फागुन १९ मा रिलिज हुने
![अनमोलको ‘छड्के २’ फागुन १९ मा रिलिज हुने](https://rpcdn.ratopati.com/media/albums/chhadke2_poster_anmol_3_asnJOoPop6.jpg)
अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म ‘छड्के २’ फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टरसहित फिल्मको रिलिज मिति बाहिर ल्याएको हो । ‘छड्के २’ सँगै यो मितिमा रिलिज हुनेको संख्या ५ पुगेको छ । जसमा ‘वर एन्ड वधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ रहेका छन् ।
‘छड्के २’ अनमोल ग्याङस्टारको भूमिकामा देखिन लागेको फिल्म हो । पोष्टरमा पनि उनी लामो कपाल र कालो चस्मामा बाइक चलाउँदै देखिएका छन् भने उनको पछाडि ग्याङस्टार हुलियामा केही केटाहरू बाइकमा सवार छन् ।
ग्याङस्टारको कथामा बनेको फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् । लेखन समेत निर्देशक श्रेष्ठको रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आलेमगर लगायतको अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् ।
लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको चितवन र मुस्ताङमा छायांकन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी