एकीकृत समाजवादीले सच्यायो मासिक २ सय युनिट विद्युत निःशुल्क दिने घोषणापत्र

नेकपा (एकीकृत समाजवादी)ले सार्वजनिक गरेको चुनावी घोषणापत्रको मासिक २ सय युनिट बिजुली निःशुल्क गर्ने भन्ने विषय सच्चाएको छ ।
सो पार्टीका उपमहासचिव डा. विजय पौडेलले प्रुफ मिस्टेकका कारण मासिक २ सय युनिट विद्युत निःशुल्क हुन पुगेको भन्दै मंगलबार सामाजिक सञ्जालमार्फत सच्याएका हुन् । पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘घोषणापत्र बारे– प्रुफको गल्तीले ‘वार्षिक ३०० युनिट बिजुली निःशुल्क’ हुनु पर्नेमा ‘मासिक २०० युनिट’ भएछ ।’
उनले त्यसको प्रमाण स्थानीय चुनावका लागी लेखिएको घोषणापत्र साक्षी रहेको भन्दै सबैलाई सोही अनुसार बुझिदिनु हुन अनुरोधसहित प्रुफ गल्तीका लागि क्षमा मागेका छन् ।
नेकपा एकीकृत समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गरी महसुलमा छुट दिने व्यवस्थाका साथै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिने सोमबार सार्वजनिक घोषणापत्रमा उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै