बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको जलविद्युतमा बंगलादेशको सहभागिताबारे छलफल

मङ्गलबार, १५ कात्तिक २०७९, १० : २६
मङ्गलबार, १५ कात्तिक २०७९

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी तथा बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद सरकारका निजी क्षेत्रको उद्योग सम्बन्धी राष्ट्रिय सल्लाहकार एवं उद्यमी सलमान एफ रहमानबीच भेटवार्ता सम्पन्न भएको छ । हाल बंगलादेशको व्यवसायिक भ्रमणमा रहेका उपाध्यक्ष केसी र सल्लाहकार रहमानबीच भेटबार्ता सम्पन्न भएको हो । 

उक्त भेटमा जलविद्युत विकासको क्षेत्रमा नेपाल तथा बड्डलादेशको संयुक्त लगानीको विषयमा वार्ता केन्द्रित रहेको संघले जानकारी दिएको छ । भेटमा नेपालबाट बंगलादेशमा विद्युत प्रसारण बिस्तार गर्ने लगायत नेपालको जलविद्युत परियोजनाहरुमा लगानी प्रबद्र्धन गर्नुका साथै उत्पादित बिद्युत बड्डलादेशले खरिद गरी विद्युत व्यापारमा अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ । नेपालका बिभिन्न जलविद्युत परियोजनाहरुमा भारतीय सरकार तथा लगानीकर्ताहरुलाई समेत समाबेश गरी सरकारी लगानी अभिबृद्धि लगायत निजी क्षेत्रबीचको लगानी प्रबद्र्धनका बिषयमा समेत वार्ता केन्द्रित रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त भेटमा बड्डलादेश सरकारका राष्ट्रिय सल्लाहकार एवं उद्यमी रहमानले भारतीय सरकारी पक्षलाई पनि अन्तरदेशीय विद्युत व्यापारमा सहभागी बनाई बड्डलादेश सरकार नेपालको जलविद्युत क्षेत्रमा लगानी तथा सहयोग बिस्तार गर्नुका साथै नेपाली जलबिद्युत खरिद गर्न तत्पर रहेको जानकारी गराए ।नेपालबाट तत्कालै ५० मेगावात विद्युत खरिद गर्ने बिषयमा कुरा चल्दै गरेको र यदि यो सफल भएको खण्डमा यो नेपाल तथा बड्डलादेशबीच एक गेम चेन्जर प्रोजेक्टको रुपमा स्थापित हुने उनको भनाइ छ ।

उपाध्यक्ष केसीले रहमानलाई नेपालको जलविद्युतको क्षेत्रलगायत ठूला भौतिक पूर्वाधारका परियोजनाहरुमा लगानी उपलब्ध गराउने बिषयलाई प्राथमिकतामा राख्न पनि अनुरोध गरे । वार्ताका क्रममा आगामी दिनहरुमा बड्डलादेश सरकार तथा निजी क्षेत्रबाट नेपालमा करिब ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गरिने पनि जानकारी गराइयो । 

भ्रमणकै क्रममा उपाध्यक्ष केसीले बङ्गलादेश सरकारमा गृहमन्त्री तथा सत्तारुढ दल अवामी लिगका प्रभावशाली नेता असादुज्जमान खानसंग पनि शिष्टाचार भेट गरेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप