काठमाडौं– ८ मा जीवनराम र शिव सुन्दरलाई 'घण्टी' र 'लौरो'को चुनौती
आगामी मंसिर–४ मा हुने निर्वाचनमा काठमाडौं ८ मा सांगठनिक रुपमा बलिया देखिएका दल र नयाँ दलका उम्मेदवारबीच भीडन्त हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई टक्कर दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी मैदानमा आएका छन् ।
काठमाडौंको कोर एरियाको रुपमा रहेको सो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, एमालेबाट शिव सुन्दर राजवैद्य र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ उम्मेदवार छन् ।
उनीहरूसँगै वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सुमन सायमी, राप्रपाका प्रकाश रिमाल लगायत केही स्वतन्त्रले पनि यही क्षेत्रबाट उम्मेदवार रहेका छन् ।
सायमी चर्चाका उम्मेदवार भए पनि सत्ता गठबन्धन र एमालेले उनलाई आफ्नो प्रतिस्पर्धीको रुपमा लिएका छैनन् । यद्यपि चुनावी अंकगणितय हिसाबले आगामी निर्वाचनमा सो क्षेत्रमा यिनै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका श्रेष्ठ र एमालेका राजवैदलाई आगामी निर्वाचनमा मुख्यतः राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्तले चुनौती दिने देखिन्छ । त्यसो त सायमीको उम्मेदवारी पनि दुई ठूला दलका उम्मेदवारहरूको सहज जितको बाधक बन्ने देखिन्छ ।
२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमाले उम्मेदवारको रुपमा श्रेष्ठ काठमाडौं– ८ बाट निर्वाचित भएका थिए । सो निर्वाचनमा उनले नेपाली कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए । जोशीको भने निधन भइसकेको छ । अहिले उनी कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चाको साथमा चुनावी मैदानमा छ ।
सांगठनिक रुपमा पूर्वसहकर्मीहरु जीवनराम र राजवैद्यबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर गठबन्धनमा मत ट्रान्सफर नहुने भय श्रेष्ठमा देखिन्छ भने पार्टी विभाजन र गठबन्धनको चुनौती राजवैधलाई देखिन्छ । स्थानीय निर्वाचनमा काठमाडौं ८ का वडाध्यक्षहरुले पाएको मतअनुसार एकीकृत समाजवादी तेस्रो स्थानमा छ । तर, सत्ता गठबन्धनको मत जोड्दा मन्त्री श्रेष्ठलाई सहजता देखिन्छ ।
महानगरको मेयरमा पराजित सायमी र बागमती प्रदेशका निवर्तमान सांसद विराजभक्तको उम्मेदवारीले काठमाडौं ८ को निर्वाचन थप रोचक हुने देखिन्छ । दुवै उम्मेदवार हाल दलको प्रतिनधित्व गरेर चुनाव लड्दै छन् । विराजभक्त राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चुनाव चिन्ह छन् भने सायमी हाम्रो नेपाली पार्टीको 'लौरा' चिन्हबाट उम्मेदवार बनेका छन् । विराजभक्तसँग संसदीय अनुभव समेत रहेको छ ।
यता बलियो दलबाट उम्मेदवार बनेका एमालेका राजवैद्य भने वडा सदस्य हँदै जिल्ला समन्वय समिति, काठमाडौंको प्रमुख भइसकेका व्यक्ति हुन् । दल बलियो भएका कारणले मात्र उनलाई सशक्त उम्मेदवारको रुपमा लिइएको हो । अन्यथा उनको चर्चा खासै हुने गरेको छैन । सो क्षेत्रमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई चुनाव लडाउने तयारी भइरहेको बेला शाक्यले चुनाव लड्न नचाहेपछि राजवैद्यले अवसर पाएका थिए ।
यता सायमी पनि विगतदेखि नै विभिन्न आन्दोलनहरुमा सक्रिय भएर नेतृत्व लिएको भन्दै आगामी निर्वाचनमा आफूले जित्ने दाव गर्छन् । सायमी उपत्यकाको भूमि, भाषा, सम्पदा र संस्कृति बचाउने, खोकनाको आन्दोलन, अकुपाइ टुँडिखेल अभियानमा सक्रिय छन् । नेवार समुदाय र संस्कृतिको विरोध गर्नेहरूको विरुद्ध सायमी आक्रामक बन्छन् । अपुर्व क्षितिजको मुद्दा होस् वा रुपा सुनारको उनी नेवाः समुदाय र सम्भताको पक्षमा वकालत गर्छन् ।
यता वैकल्पिक राजनीतिको वकालत गर्दै आएको विवेकशील साझाबाट राजनीति सुरु गरेका विराजभक्त अहिले रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्न मैदानमा उत्रिएका छन् । ०७४ मा विवेकशील साझाको समानुपातिक सूचीबाट उनी प्रदेशसभा सदस्य बनेका थिए । विराजभक्तलाई संसदीय र चुनावी रणनीतिको ज्ञानसमेत बटुल्ने अवसर पाइसकेका छन् । जसले गर्दा आगामी निर्वाचनमा उनलाई केही सहज हुने देखिन्छ ।
बलियो स्थानीय तह आजको आवश्यकता हो भन्ने बिचार बोकेका श्रेष्ठ देश विकासमा परम्परागत संस्कृतको जगेर्ना गर्दै आधुनिकता तर्फ अग्रसर हुनु पर्ने धारणा व्यक्त गर्छन् । सो क्षेत्रमा नेवार समुदायको बाहुल्य रहेकोले गुठीले चुनावी अंक गणितमा समेत प्रभाव पार्छ ।
त्यसैले गर्दा सबै उम्मेदवारहरू सांस्कृतिक पर्वहरूमा सक्रिय रुपमा उपस्थित हुन्छन् । इन्द्रचोकका रैथाने विराजभक्त काठमाडौं– ८ का गुठीहरूसँग आफ्नो राम्रो दोस्ती रहेको दाबी गर्छन् ।
उनी सांसद हुनु अघि नै विवेकशील अभियानमा लागेर संस्कृति र पर्यटनका विविध क्षेत्रमा काम गरिसकेका छन् । उनकै टिमको नेतृत्वमा काठमाडौं–८ मा नै इतुम्बहाल महोत्सव आयोजना गरी सो क्षेत्रमा बस्ने विभिन्न संस्कृति, धर्मको संरक्षण र सम्बर्द्धनका लागि प्रदर्शनी समेत गरेका छन् ।
उनकै नेतृत्वमा बागमती प्रदेशसभा सांसद रहँदा सांसद विकास कोषबाट प्राप्त रकमबाट इन्द्रचोक पुनः निर्माणसहित सडक क्षेत्रमा परेको ९० वर्षपछि इन्द्रचोकको डबली कायम गराउन सफल भए । उनले सांसद विकास कोष नीतिगत भ्रष्टाचार हो भन्दै वहिस्कार गरेका थिए। साथै इन्द्रचोक लगायत वंघ डबु ३ वर्षदेखि प्रदेश सरकारमा पहल गरेर पुनर्निमाण गरेका थिए ।
काठमाडौंको ट्राफिक जाम, मेलम्ची खानेपानी परियोजना, जलवायु परिवर्तन र पर्यावरण संरक्षण, प्राचीन ता सांस्कृतिक स्मारक ऐन, गैर–न्यायिक सडक बिस्तार र प्रहरी दमन, प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरण, आथिर्क सम्बृद्धिको आयामहरूका विषयमा काम गर्नुपर्ने उनी बताउँछन् ।
विराजभक्त भने जातीय मुद्दाको खिलापमा देखिएका छन् । उनी जातीय मुद्धा बोकेर जनतालाई लडाउन नहुने बताउँछन् । जातीय र साम्प्रदायिक मुद्धालाई उचाले जनताहरु बीच अन्तरद्वन्द्व सृजना गर्नुको सट्टा सांस्कृति र सम्पदा संरक्षणका नयाँ आयामहरू ल्याएर देश विदेशमा त्यसलाई परिचित गराउन सक्रिय हुनु पर्ने बताउँछन् । असनका गल्लिहरुलाई व्यवस्थित गरी उत्कृष्ट स्तरको व्यवसायीक क्षेत्र निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
स्थानीय तहको अंकगणित
काठमाडौं– ८ मा काठमाडौं महानगरपालिकाका वडाहरू १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडाहरू ४ र ५ पर्छन् । आसन्न निर्वाचनको सम्भावित नतिजालाई गत स्थानीय तह निर्वाचनमा खसेको मतको आधारमा कांग्रेस बलियो शक्ति हो भने दोस्रो एमाले र तेस्रो कीकृत समाजवादी रहेको छ ।
गत बैशाखको निर्वाचनमा यी वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको मत गणना गर्दा कांग्रेस अगाडि छ । दोस्रोमा एमाले रहेको छ । उक्त निर्वाचनमा कांग्रेसले १० हजार ८७२ मत पाउँदा, एमालेले ९ हजार २५३ मत पाएको थियो ।
त्यस्तै एकीकृत समाजवादीले ५ हजार १४२ मत पाएको थियो । राप्रपाले ३ हजार २४०, स्वतन्त्रले १ हजार ३७ र माओवादी केन्द्रले १४२ मत पाएको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ एमाले उम्मेदवार राववैद्यभन्दा ६ हजार ९०३ मतले अगाडि देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)