सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो
खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ ।
२०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०/२० सेन्टिमिटर भासिएको थियो । यसपल्टको वर्षामा भने करिब एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सुपरभाइजर प्रदीप राईले बताए । सडक भासिने क्रम रोकिएको छैन । “वर्ष दिनअघि पनि सडक सामान्य चलेको थियो । हिउँदमा रोडा हालेर पेलेर मर्मत गरिएको थियो,” राईले भने, “यसपल्ट करिब एक मिटर भासिएको छ । भूकम्पले सडक चर्किएको थियो । झरी पर्न थालेपछि दव्न थालेको हो ।”
भासिएको सडकको डिलतर्फको भाग पनि पहिरोको रुपमा भत्किएको छ । माथिल्लो सडक भासिएपछि सोही सडकको तल्लो टर्निङका सडकलाई समेत असर पर्ने देखिएको छ ।
चाडवाडलाई मध्यनजर गर्दै पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले दशैंअघि सेखुवा–चखेवाभञ्ज्याङ खण्ड मर्मत गरेको थियो । कालोपत्रेको ठेक्का लिने निर्माण व्यवसायी नै सम्पर्क विहिन बनेपछि आफैले मर्मत गर्नुपरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सव–इन्जिनियर केशव पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार