बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काम एउटै कर्मचारी थरीथरी

मङ्गलबार, १५ कात्तिक २०७९, ०६ : ३५
मङ्गलबार, १५ कात्तिक २०७९

 स्थानीय तहमा एउटै प्रकृतिको कामका लागि पाँच प्रकृतिका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने गरेको छ । स्थानीय तहमा एकै प्रकृतिका एउटै कार्यकक्षमा एउटै टेबुल वरिपरि बसेर काम गर्ने कर्मचारीबीच सेवासुविधामा विभेद हुँदा त्यसको असर प्रत्यक्ष रूपमा सेवा प्रवाहमा परेको छ । 

स्थानीय तहमा सङ्घीय निजामती सेवाका कर्मचारी, प्रदेश सेवाका कर्मचारी, स्थानीय सेवा, विभिन्न परियोजना र करार सेवाका कर्मचारी कार्यरत छन् ।

कर्मचारीले प्रदान गर्ने सेवा र तह एउटै भएको तर सेवासुविधा फरक–फरक भएकाले कर्मचारीबीच काममा उत्प्रेरणा नहुँदा त्यसको असर सेवा प्रवाहमा पर्ने गरेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप