सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुने

मङ्गलबार, १५ कात्तिक २०७९, ०६ : ०२
मङ्गलबार, १५ कात्तिक २०७९

निर्वाचन आयोगविरुद्ध परेका दुई रिटबारे आज सुनुवाइ हुने भएको छ ।  ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ । 

सोमबार अधिवक्ता अनील आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए ।  रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रता सम्बन्धी गरेको व्यवस्था विपरीत आयोगले ‘नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।

त्यसैगरी उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा तोसिमा कार्कीको  रिट पनि आज  पेसीमा राखिएको छ। उनको रिटमाथि पनि आजै सुनुवाइ हुने भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप