इच्छुमतीमा भेटिएको संरचना संरक्षण गरिनुपर्छ : पुरातत्व विभाग
सोमबार, १४ कात्तिक २०७९, २२ : ००
![इच्छुमतीमा भेटिएको संरचना संरक्षण गरिनुपर्छ : पुरातत्व विभाग](https://rpcdn.ratopati.com/media/albums/Puratatwo-bibhag-archealogy-department_iYAUoApNDV.jpg)
पुरातत्व विभागले इच्छुमती नदी उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।
काठमाडौँ महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको इच्छुमती नदी उत्खनन गर्ने क्रममा वीर शम्शेरको पालाका इँटा भेटिएको थियो । यहाँ बनेको संरचना एक सय वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।
समितिले अध्ययनका क्रममा वीर शम्शेरको शासनकालका इँटा र दस्तावेजसमेत प्राप्त भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । यहाँ बनेको संरचना पुरातात्विक महत्वको पुष्टि भएपछि बाँकी काम गर्दा महानगरले विभागको समन्यविना गर्न नसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै