श्रीलंकाको मुद्रास्फीति १२ महिनापछि घट्यो

संकटग्रस्त श्रीलंकाको मुद्रास्फीति १२ महिनामा पहिलो पटक सामान्य रूपमा घटेको छ । तर मूल्य अझै पनि एक वर्ष अघिको तुलनामा ६६ प्रतिशत बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।
दुई करोड २० लाख जनसङ्ख्या भएको यस टापु राष्ट्रले महिनौँदेखि चरम आर्थिक कठिनाइको सामना गर्नुपरेको छ । खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ । जनगणना तथा तथ्याङ्क विभागको तथ्याङ्कअनुसार अक्टोबरको मुद्रास्फीति सेप्टेम्बरको ६९.८ प्रतिशतको तुलनामा करिब चार प्रतिशत अङ्कले कम हो । श्रीलङ्कामा सेप्टेम्बरमा लगातार १२औँ महिना ९४.९ प्रतिशत रहेको खाद्य मुद्रास्फीति अक्टोबरमा घटेर ८५.६ प्रतिशतमा झरेको छ ।
विभागले मुद्रास्फीतिमा मन्दीका कारण भने खुलाएको छैन, तर अधिकारीहरूले अक्टोबरमा दुई पटक इन्धनको मूल्य घटाएका थिए र मूल्यमा २० प्रतिशतले कटौती गरेका थिए । यद्यपि, पेट्रोलको मूल्य गत वर्षको अन्त्यमा सङ्कट सुरु हुनुअघिको तुलनामा दोब्बर छ, जबकि सामान्यतया सार्वजनिक यातायातका लागि प्रयोग हुने डिजेलको मूल्य अझै साढे तीन गुणा बढी छ ।
खाद्यान्न र इन्धन दुवैको मूल्य वृद्धिका कारण मागमा कमी आएको छ भने पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको लाम हालैका हप्ताहरूमा ह्वात्तै घटेको छ । विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएको छ, जुन श्रीलङ्काको केन्द्रीय बैंकले अनुमान गरेको ८.७ प्रतिशत सङ्कुचनभन्दा बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण