आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘उम्मेदवारलाई फसाउने नियतले पनि उजुरीहरू आए’

सोमबार, १४ कात्तिक २०७९, १८ : ३१
सोमबार, १४ कात्तिक २०७९

निर्वाचन आयोगमा केही उजुरीहरू उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरू अरूलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरूसहित आएको बताएका हुन् ।

सोमबार अपराह्न न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले आयोगमा सोसम्बन्धी १५० वटा उजुरी रहेको र करिब ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पारे । निर्वाचन आयुक्त भण्डारीले विगतको निर्वाचनहरूमा भन्दा अहिले हुन गइरहेको निर्वाचनमा आचारसंहिता उलंघनको घटना कम देखिएको समेत बताए ।  

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उलंघनको घटनाको उजुरीमाथि छानबिन गर्ने क्रम जारी रहेको पनि जनाएको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको पटकपटक दोहो¥याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप