गोरखामा चुनावी रौनक, खेतमै पुगेर भोट माग्दै उम्मेदवार (फोटो)
सोमबार, १४ कात्तिक २०७९, १७ : ०९

गोरखामा चुनावी रौनक बढेको छ । आजभोली राजनीतिक दलका उम्मेदवारहरु भोट माग्दै सर्वसाधारणका घर घरमा पुगिरहेका छन् । यसबेला सर्वसाधारण बाली भित्र्याउन व्यस्त छन् । दलका नेता, कार्यकर्ता र उम्मेदवारहरु भोट माग्दै खेतमै पुगिरहेका छन् ।
सोमबार गोरखा क्षेत्र नम्बर १ का गठबन्धनका साझा उमेरदवार राजेन्द्र बजगाई र प्रदेश ‘क’ का कृष्ण धिताल भोट माग्दै खेतमै पुगे र धान काटिरहेका सर्वसाधारणसँग उनीहरुले सामूहिक छलफल गरी गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । उनीहरुले सोमबार शहिदलखन गाउँपालिकाको वडा नम्बर १ को लोप्पा गाउँ, ठुलोदिप्लिङ, सानो दिप्लिङ, मैदान, कुसुण्डे, गालधोक, सिलिंटार, करनटारलगायत क्षेत्रका मतदातासँग छलफल गरेका हुन् ।