शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

वैशाखमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’

सोमबार, १४ कात्तिक २०७९, १६ : ४४
सोमबार, १४ कात्तिक २०७९

प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ अर्को वर्ष अर्थात २०८० मा प्रदर्शन हुने भएको छ । फिल्म नयाँ वर्षको वैशाखमा प्रदर्शनमा ल्याउने तयारी भएको निर्माण युनिटले जनाएको हो । 

केही दिनमै फिल्मको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट लागेको हो । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा छ । दयाहाङ र प्रकृति श्रीमान् श्रीमतीको भूमिकामा छन् । यस अगाडि फिल्म ‘उत्सव’ अभिनय गरेकी प्रकृति ७ वर्षपछि यो फिल्म मार्फत पुनअभिनयमा देखिन लागेकी हुन् ।

फिल्मको सम्पूर्ण छायांकन विराटनगरमा गरिएको हो । रोहित कट्टेलको प्रस्तुति रहेको यो फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने सह–निर्मातामा ग्याल्जेन लामा रहेका छन् । फिल्मलाई आकाश बराल, सजन काफ्ले र मर्रे केरले लेखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप