प्रचण्ड भन्छन्–गठबन्धन टिक्छ, विकासको घिसेपिटे र सुधारात्मक स्थितिलाई ठुलै धक्का दिइन्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान गठबन्धन टिक्ने बताएका छन् । सोमबार चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा गठबन्धन टिक्छ कि टिक्दैन भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने,‘गठबन्धन टिक्छ ।’
उनले गठबन्धन किन बन्यो भन्ने विषयसँग गठबन्धनको आयु आधारित भएको भन्दै भने, ‘जबसम्म यो देशमा झण्डै ७० वर्ष लडेर शसस्त्र र शान्तिपूर्ण आन्दोलनको योगफलका रूपमा प्राप्त भएको संविधानमाथि घात हुने र उल्ट्याउने षडयन्त्र रहिरहन्छ गठबन्धनको आवश्यकता पनि रहिराख्छ ।’
उनले गठबन्धनमा रहेका दलहरूले अलगअलग प्रतिबद्धता जारी गरेपनि गठबन्धन साझा प्रतिबद्धताका साथ अगाडि जाने दाबी गर्दै त्यसमार्फत आर्थिक विकासलाई अघि बढाउने बताए । उनले विगत १०, १५ वर्षमा भएको विकासको घिसेपिटे र सुधारात्मक स्थितिको अन्त्य क्रमभंग गरेर र ठुलै धक्का दिएर गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण