सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेम गीत ३’ हिट हुँदा अभिनेत्री क्रिस्टिना छायाँमा किन ?

सोमबार, १४ कात्तिक २०७९, १५ : ०४
सोमबार, १४ कात्तिक २०७९

अहिलेसम्म रिलिज भएका यो वर्षको हिट फिल्मको सूची तयार गर्ने हो भने ‘प्रेम गीत ३’ को नाम छुटाउन मिल्दैन । ७ असोजबाट स्वदेशको अलवा भारत लगायत विस्वका धेरै देशमा एकसाथ रिलिज भएको फिल्मले व्यवसाय राम्रो गरेको छ । निर्माण युनिटको पनि फिल्मले व्यवसायिक नाफा कमाउन सफल भएको दाबी छ ।

फिल्मले व्यवसायिक सफलता हात पारेपनि यसका मुख्य कलाकार क्रिस्टिना गुरुङ भने छायाँमा रहेकी छन् । फिल्मको सफलतामा अभिनेता प्रदीप खड्का, शिव श्रेष्ठ लगायतको चर्चा भएपनि उनी भने छायामै रहेकी छन् । ‘प्रेमगीत ३’ क्रिस्टिनको डेब्यु फिल्म हो । त्यसैले यो फिल्मबाट चर्चा र सफलताको उनले आस गर्नु स्वभाविक हो । तर त्यो भने हुन सकने । उनको डेब्यु फिल्म हिट त भयो । यो उनका लागि निकै सुखद् हो । तर, फिल्मका कारण उनको चर्चा हुन सकेन । किनभने फिल्मभित्र उनको अभिनय कमजोर साबित भयो ।

समीक्षकहरुले फिल्मको कमजोर पक्षमध्ये क्रिस्टिनाको अभिनयलाई पनि औल्याए । यद्यपी समीक्षक र दर्शकले उनको सुन्दरताको भने तारिफ गरेका थिए । कलाकारको वास्तिबिक चर्चा र सफलता त्यति बेला हुन्छ जतिबेला उनका अभिनयले चर्चा र तारिफ पाउछ । क्रिस्टिना यो मानमलामा चुकेकी छन् । ‘प्रेमगीत ३’ हिट भएको हिसावले उनलाई केही फिल्मको अफर हुनु स्वभाबिक पनि हो । तर ब्रान्ड नाम बनेको ‘प्रेमगीत ३’ जस्तै अरु फिल्म पनि सफल हुन्छन् भन्ने छैन । त्यो अवस्थामा अभिनयको प्रशंसा हुन सके मात्र करिअरले गति समात्न सक्छ । त्यसैले क्रिस्टिनाले आगामी प्रोजेक्टका लागि आफ्नो अभिनयमा निखारता ल्याउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप