‘आदिपुरुष’ को रिलिज डेट परिवर्तन

प्रभास र सैफ अली खान अभिनित प्रतिक्षित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति परिवर्तन भएको छ । निर्देशक ओम राउतले फिल्मको रिलिज मिति परिवर्तन गरेका हुन् । फिल्म १२ जनवरी २०२३ मा रिलिज तय भएको थियो ।
मिडिया रिपोर्टका अनुसार अब फिल्म शो मितिमा रिलिज नभएरपछि रिलिज हुनेछ । ‘आदिपुरुष’ रिलिज हुने समय साउथ सुपरस्टार चिरञ्जीवीको फिल्म ‘वाल्टेयर वीरथ्या’ र नन्दमुरी बालकृष्णन स्टारर ‘वीर सिम्हा रेड्डी’ पनि रिलिज हुँदैछन् ।
त्यसको अलवा थालापथी विजयको फिल्म ‘वरिसु’ पनि रिलिज हुँदैछ । यस्तो अवस्थामा ‘आदिपुरुष’ ले आन्ध्र प्रदेश र तेलंगानामा स्क्रिन नपाउने भन्ने डर निर्मातालाई छ । फिल्मको टिजर २ अक्टोबरमा अयोध्यामा गरिएको थियो । फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरै टिजलाई ट्रोल गरेका थिए ।
सामाजिक सञ्जालमा ‘रावण’ को लुकलाई लिएर निकै ट्रोल गरियो । फिल्मको टिजरमा सैफ अली खानलाई रावण, हनुमान, भगवान राम र सीताको भूमिकामा अभद्र तरिकाले देखाइएको समेत आरोप लाग्यो । त्यही कारण फिल्ममा ठुलो फेरबदल गर्न निर्माण पक्षले समय लिएको बताइन्छ ।
‘आदिपुरुष’ बलिउडको अहिलेसम्मकै महँगो फिल्म भनिएको छ । फिल्मको बजेट ५ सय करोड छ । प्रभाससँगै कृति सेनन र सन्नी सिंह पनि फिल्मको महत्वपूर्ण भूमिकामा छन् । फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन् । यसअघि ओमले तानाजी जस्ता सुपरहिट फिल्म बनाएका थिए । –अमर उजाला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
सुमनाको प्रष्टीकरण : नेतृत्वसंग छलफल गरेर राजीनामा दिएकी हुँ
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?