आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सीता दाहाल अस्पतालबाट डिस्चार्ज

सोमबार, १४ कात्तिक २०७९, १५ : ३८
सोमबार, १४ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन् । छोरी गंगा दाहालले उनलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिएकी हुन् ।

सीताको स्वास्थ्यमा समस्या आएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।  सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज १५ दिनको हस्पिटल बसाई पछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरूको माया र आशीर्वादले ममीको स्वास्थ्यमा सुधार आई आज फेरि डिस्चार्ज गरी घर ल्याइएको छ । सम्पूर्ण शुभेच्छुकहरूमा आभार सहित धेरै धेरै धन्यवाद ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप