घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु
सोमबार, १४ कात्तिक २०७९, १० : ५०
![घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/death_body_wQSNg6LSKv.jpg)
काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए ।
घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको वेबसाइट ह्याक
-
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
-
‘बेहुली फ्रम मेघौली’को गीत ‘बिहे गर्ने कि नगर्ने’मा प्रदीप, दीपासहित थुप्रै कलाकार
-
पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
-
समानुपातिक सांसद हटाऔँ, निर्वाचन क्षेत्र घटाऔँ : केसी
-
प्रचण्डजीसँग चिप्लिनुबाहेक केही विकल्प छैन : आहुति