आमिरकी आमालाई हृदयघात

आमिर खानकी आमा जीनतलाई हृदयघात भएको छ । उनको पाँचगनी घरमा अचानक हृदयघात हुँदा आमिर पनि उनीसँगै थिए । आमिरले तुरुन्तै आफ्नी आमालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गराएका थिए । त्यसपछि उनी आमासँग अस्पतालमा बस्दै आएका छन् । आमिरको परिवारका अन्य सदस्य पनि अस्पताल आउँदै जाँदै गरिरहेका छन् ।
आमिरकी आमाको स्वास्थ्यमा अहिले भने बिस्तारै सुधार भइरहेको स्रोतले बताएको छ । आमिर र उनका परिवारका सदस्यहरूले यो समाचार मिडियामा बढी नफैलियोस् भन्ने चाहेका थिए । आमिरले हालै फिल्म निर्माता करण जोहरको च्याट शो कफी विथ करणमा आफ्नो व्यस्त कार्य तालिकाका कारण आफ्नो परिवारलाई धेरै समय दिन नसक्ने र आफ्नो जीवनमा यो कुरा नै सबैभन्दा बढी पश्चातापको विषय भएको बताएका थिए। आमिरले आफ्नो जीवनमा सम्बन्धको महत्व धेरै हुने भएकाले आफू आमा र छोराछोरीलाई अधिकतम समय दिन चाहेको बताएका थिए । आमिर आफ्नो फिल्म लाल सिंह चड्डाको प्रमोशनका लागि शोमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस