आमिरकी आमालाई हृदयघात
![आमिरकी आमालाई हृदयघात](https://rpcdn.ratopati.com/media/albums/amir_mother.peg_Htp0TXuNp9.webp)
आमिर खानकी आमा जीनतलाई हृदयघात भएको छ । उनको पाँचगनी घरमा अचानक हृदयघात हुँदा आमिर पनि उनीसँगै थिए । आमिरले तुरुन्तै आफ्नी आमालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गराएका थिए । त्यसपछि उनी आमासँग अस्पतालमा बस्दै आएका छन् । आमिरको परिवारका अन्य सदस्य पनि अस्पताल आउँदै जाँदै गरिरहेका छन् ।
आमिरकी आमाको स्वास्थ्यमा अहिले भने बिस्तारै सुधार भइरहेको स्रोतले बताएको छ । आमिर र उनका परिवारका सदस्यहरूले यो समाचार मिडियामा बढी नफैलियोस् भन्ने चाहेका थिए । आमिरले हालै फिल्म निर्माता करण जोहरको च्याट शो कफी विथ करणमा आफ्नो व्यस्त कार्य तालिकाका कारण आफ्नो परिवारलाई धेरै समय दिन नसक्ने र आफ्नो जीवनमा यो कुरा नै सबैभन्दा बढी पश्चातापको विषय भएको बताएका थिए। आमिरले आफ्नो जीवनमा सम्बन्धको महत्व धेरै हुने भएकाले आफू आमा र छोराछोरीलाई अधिकतम समय दिन चाहेको बताएका थिए । आमिर आफ्नो फिल्म लाल सिंह चड्डाको प्रमोशनका लागि शोमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल
-
आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै
-
कार्यसमिति चयनका लागि उपेन्द्र यादव परामर्शमै व्यस्त, नेता–कार्यकर्ता अन्योलमा
-
सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई श्रममन्त्रीकाे आग्रह
-
महिला क्रिकेटमा भारतका स्मृति मंधाना र शफाली वर्माको विश्व कीर्तिमानी साझेदारी
-
कर छुट नीतिले बढायो घरजग्गाको स्वामित्वमा महिलाको सहभागिता