क्रुसले पहिलो रातो कार्ड पाउँदा रोकियो रियल
सोमबार, १४ कात्तिक २०७९, ०७ : २०

टोनी क्रुस करियरमा पहिलोपटक रातो कार्ड खाँदै मैदान छाड्न बाध्य हुँदा रियल मड्रिड जिरोनासँग बराबरी खेल्न बाध्य बनेको छ । आइतबार राति भएको खेलमा रियल १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीका बाबजुद रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको ७० औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर भेटरान क्रिस्टियन स्टुआनीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । खेलको अन्त्यतिर रोड्रिगोको गोललाई रद्द गरिएको थियो भने क्रुसले इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएका थिए । बराबरीपछि १२ खेलबाट रियलको ३२ अङ्क रहेको छ । जिरोनामा रेलिगेसन जोनमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ जना मृतावस्थामा फेला
-
शिक्षक आन्दोलन : ‘सरकारले झुक्यायो, अब सडकले निष्कर्ष निकाल्छ’
-
रुसको ठुलो आक्रमणपछि जेलेन्स्कीमाथि फेरि खनिए ट्रम्प
-
वार्ताको माध्यमबाट शिक्षकहरुको समस्या यथाशीघ्र समाधान गर्न आयोगको आग्रह
-
सम्बन्ध विच्छेदको अफवाहबारे यसो भन्छिन् गोविन्दाकी श्रीमति सुनिता
-
सलमान खानलाई धम्की दिने व्यक्ति पक्राउ