शिक्षक विज्ञापन पुनः तीन तहकै
शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ।
शिक्षा नियमावली तथा शिक्षक सेवा आयोग नियमावलीमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि फरक–फरक तरिकाबाट परीक्षा सञ्चालन गरेर शिक्षक छनोट गर्ने उल्लेख गरिएको छ। नियमावलीको उक्त व्यवस्था संशोधन भएपछि वा शिक्षक सेवा आयोगसम्बन्धी छुट्टै कानुन बनेमा मात्रै दुई तहको शिक्षक छनोट गर्न सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिनुभयो। आयोगले वार्षिक कार्यतालिकाअनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको हो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण : बीआरआईका कारण अरु एजेण्डा ओझेलमा
-
मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न प्रधानमन्त्रीको निर्देशन
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै