बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

उडान रद्द हुँदा नयाँ दिल्ली जान लागेका २५४ यात्रु अलपत्र

सोमबार, १४ कात्तिक २०७९, ०५ : ५४
सोमबार, १४ कात्तिक २०७९

अन्तिम समयमा उडान रोकिँदा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजबाट आइतबार दिउँसो भारतको नयाँ दिल्ली जान लागेका २५४ यात्रु अलपत्र परेका छन् । अलपत्र यात्रुमध्ये कतिपयलाई आइतबार नै अन्य एयरलाइन्सका जहाजमा पठाइएको र बाँकीलाई सोमवारको उडानबाट गन्तव्यमा पुर्‍याइने निगमले बताएको छ।

उडान रोकिएको विषयमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमबीच दोहोरी चलेको छ । प्राधिकरणले उडान तालिका स्वीकृत नगरी निगमले यात्रु उडाउन खोजेको दाबी गरेको छ। निगमले चाहिँ उडान तालिका प्राधिकरणमा पेस गरिसकेको र स्वीकृतिका लागि प्रयास जारी रहेको भन्दै यात्रु उडाउन खोजेको बताएको छ। प्राधिकरणले आइतबारदेखि विन्टर सेड्युल लागू गरेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप