आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

उदयपुरमा आगलागी, तीन घर जलेर नष्ट

आइतबार, १३ कात्तिक २०७९, २१ : १६
आइतबार, १३ कात्तिक २०७९

कटारी-८ स्थित ढुङ्गेमा आइतबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताए । आगलागीबाट झण्डै ४६ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताए ।

आगलागीमा परी पूर्णबहादुरको अन्नपात, सुनचाँदी, पशुचौपाया गरी २५ लाख, सन्तबहादुर मगरको घर, काठपात लगायत गरी १५ लाख र यज्ञबहादुर मगरको घरसहित ६ लाख बराबरको क्षति भएको पनि प्रहरी उपरीक्षक कार्कीले बताए ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप