शिक्षामा लगानी बढाउँछौं : उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पु¥याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताएका छन् । एमाले निर्वाचन परिचालक कमिटी बुटवल–१३ को वडा स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले शिक्षामा विद्यार्थीको रूचि र क्षमता अनुसारको गुणस्तरीय शिक्षा आर्जनका लागि शिक्षामा लगानी बढाउनुपर्ने बताए ।
पौडेलले स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै यहाँका जनता उपचारको लागि महँगा अस्पताल जानुपर्ने बाध्यताको पनि अन्त्य गरिने बताए । पौडेलले अल्पकालीन र दीर्घकालीन तालीम सञ्चालन गरी रोजगारी सृजनाका अवसरहरू जुटाउने आश्वासन दिए । ‘शिक्षित जनशक्ति, स्वास्थ्यका जनशक्तिको दृष्टिकोणले र बेरोजगारीको समस्या समाधान गरी रोजगारीका अवसर सृजना गरेर यो क्षेत्रलाई नमूना बनाउनु चाहेका छौं,’ पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?