तरुण दल कैलाली-४ को सभापतिमा विशाल खवास मनोनित
आइतबार, १३ कात्तिक २०७९, १८ : ०१

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ४ को सभापतिमा विशाल खवास मनोनित भएका छन् । संगठनलाई अझ क्रियाशील बनाउनका लागि खवासलाई मनोनित गरेको नेपाल तरुण दल कैलालीका अध्यक्ष दिपेन्द्र बहादुर बमले बताए ।
मनोनित भएपछि खवासले कैलाली क्षेत्र नम्बर ४ मा संगठनलाई अझ बलियो र संगठित बनाउन प्रयास गर्ने बताए ।