सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य राज्यमन्त्री केसी डिस्चार्ज

आइतबार, १३ कात्तिक २०७९, १५ : ३०
आइतबार, १३ कात्तिक २०७९

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । डेंगु संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका राज्यमन्त्री केसी आइतबार १६ औं दिनमा डिस्चार्ज भएका हुन् । 
स्वास्थ्यमा सुधार आएपछि केसी डिस्चार्ज भएको वीर अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । केसीलाई शरीरका हाड जोर्नी दुख्ने, शरीर गल्ने, ज्वरो आउने समस्या देखिएको थियो । सुरुमा उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएको थियो । त्यसपछि वीर अस्पताल रिफर गरिएको हो । अहिले राज्य मन्त्री केसीको स्वास्थ्य अवस्था सामान्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप