३ महिनामा ८ अर्ब ५३ करोडको मोबाइल आयात
आइतबार, १३ कात्तिक २०७९, १५ : २९
चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल (स्मार्टफोन) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो ।
विभागले ६ लाख १८ हजार ५२० पिस स्मास्र्टफोन आयात भएको छ । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले १ अर्ब ५९ करोड २२ लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा आयात हुनेमध्ये सबैभन्दा धेरै स्मार्टफोन चीन र भारतबाट आउने गरेको छ ।
यस अवधिमा चीनबाट ६ अर्ब १८ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको छ । यस्तै, भारतबाट २ अर्ब १२ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात हुँदा जापान, कोरिया, मलेसिया र कुवेत लगायतका देशबाट समेत आयात भएको विभागले जनाएको छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शक्तिशाली सरकारले विपद्मा क्षमता प्रदर्शन गर्न सकेन’
-
बाढी पहिरोबाट क्षति भएका सडक र पुलको दसैँ अगाडि मर्मत सम्भार गरिन्छ : मुख्यमन्त्री कार्की
-
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
-
दसैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता–चप्पल खपत हुन्छ: व्यवसायी
-
अमेरिकाले सेप्टेम्बरमा २ लाख ५४ हजार रोजगारी थप्यो
-
एसिया रग्बीको सेमिफाइनलमा नेपाल पराजित