भागदौडमा १५१ जनाको मृत्यु भएपछि दक्षिण कोरियामा आइतबार राष्ट्रिय शोक
आइतबार, १३ कात्तिक २०७९, ११ : ५७
दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा १५१ जनाको मृत्यु भएपछि आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । राष्ट्रपति युनले पीडितहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘यो वास्तवमै दुखद हो’ उनले एक विज्ञप्तिमा भने ‘एक त्रासदी घटना राजधानी सिउलको मुटुमा भएको छ ।’ सयोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका थिए । उक्त घटनाप्रति विश्व नेताहरूले शोक प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको भाउले फेरि बनायो नयाँ कीर्तिमान
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन