शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार, १३ कात्तिक २०७९, ११ : २६
आइतबार, १३ कात्तिक २०७९

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार १ हजारले घट्दै सुरू भएको जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको कारोबार तोलाको १२ सय रुपैयाँमा भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप