एमाले गण्डकीको घोषणापत्र : २५ वर्षमा सम्मृद्ध प्रदेश, सुखी नागरिक
नेकपा एमाले गण्डकी प्रदेशले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक प्रतिवद्धतामा यसअघि एमाले नेतृत्वको प्रदेश सरकारले गरेका काम समेटिएको छ ।
साथै आगामी ५ बर्षमा गर्ने कामहरुको सुची सार्वजनिक गरेको एमाले गण्डकी प्रदेशले प्रदेशको विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ । प्रतिवद्धता पत्रमा पार्टीको दीर्घकालीन रणनीतिक लक्ष्य समाजवाद निर्माण रहेको जनाएको सो पार्टीले त्यसका लागि उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकास गर्नुका साथै वितरण प्रणालीमा आम जनताको पहुँच स्थापित गर्नुपर्ने बताएको छ ।
विगतमा अपनाइएको उदारीकरणको नीतिले आर्थिक क्रियाकलापमा राज्यको भूमिका खुम्चिन गई राष्ट्रिय पूँजी निर्माणमा सार्वजनिक क्षेत्रको उपस्थिति कमजोर हुन पुगेको ठहर गरेको एमालेले धेरै कुरामा परनिर्भर भएको र देश दलाल पूँजीपति वर्गको नियन्त्रणमा संचालन हुने जोखिम बढेको जनाएको छ ।
‘यस्तो परिस्थितिमा समाजवाद आधार निर्माणको यात्रा थप कठिन र चुनौतिपूर्ण हुन्छ । मूल लक्ष्य प्राप्तिको लागि पार्टी दृढ सङ्कल्पित छ । अबको २५ वर्षमा समृद्ध प्रदेश र सुखी नागरिक निर्माण गर्दै समाजवाद उन्मुख हुने पार्टीको दीर्घकालीन दृष्टिकोण रहेको छ’, एमाले गण्डकी प्रदेशको प्रतिवद्धता पत्रमा भनिएको छ, ‘यसका लागि प्रदेशका नागरिकहरुलाई सक्षम बनाउँदै समावेशी समाज र सवल अर्थतन्त्र भएको प्रदेश निर्माण गरिने छ ।’
‘सुशासन, समृद्धि र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार’, मुल नारा बनाएको एमालेले निर्वाचनमार्फत प्रदेश सरकार निर्माण गरेर अवरुद्ध विकासको कामलाई ट्रयाकमा ल्याई समृद्ध प्रदेश र सुखी नागरिक निर्माणको प्रादेशिक लक्ष्यमा केन्द्रीत विकास कार्य संचालन गर्ने जनाएको छ ।
‘सामाजिक आर्थिक रुपान्तरणका कार्यमा सरकारलाई पूर्ण जवाफदेही बनाउने छौं । सरकारले पनि उपलब्ध स्रोत साधनका आधारमा योजनावद्ध रुपमा आयोजनाको पहिचान, प्राथमिकीकरण तथा छनौट गरी कार्यान्वयन गर्नेछ’, प्रतिवद्धतामा आगामी पाँच वर्षमा गर्ने विषयगत र क्षेत्रगत प्राथमिकता समेटेको छ । जसमा प्रदेशमै श्रम तथा रोजगार ऐन निर्माण गर्नेदेखि एक घर एक रोजगारको ब्यवस्था र रोजगार नभएका घरपरिवार पहिचान गरी रोजगारीको व्यवस्था गर्ने उल्लेख छ ।
त्यस्तै प्राथमिक स्वस्थ केन्द्र तथा प्रादेशिक अस्पतालहरुमा एक हजार डाक्टर, एक हजार नर्स र एक हजार जनस्वास्थ्य अधिकृत लगायतका जनशक्ति व्यवस्थापन गरी नागरिकलाई निशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास