बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो ‘अन्तिम संस्कार’ को छायांकन

आइतबार, १३ कात्तिक २०७९, ०८ : ३६
आइतबार, १३ कात्तिक २०७९

प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को छायांकन सकिएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन शनिबारबाट सकिएको हो । 

फिल्मको‘ ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्रीले जानकारी दिए । फिल्म विजय लामा, दीया पुन, रेश्मा घिमिरे,  विशाल पहाडी, कृष्णभक्त महर्जन, एवन राज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य , सुरज खालिङ्ग राई, पासाङ्ग टि शेर्पा,सन्तोष लामा,सरोज कुमाल,अनु मगर,रेश्मा श्रेष्ठ,सस्मिता र दिग्गज लगायतको अभिनय रहेको छ।

सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको फिल्मको पोस्ट प्रोडक्सनको कार्य लण्डनमा हुनेछ । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’प्रर्दशन भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप