चेल्सी र लिभरपुल स्तब्ध
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा महारथी क्लब द्वय चेल्सी र लिभरपुल स्तब्ध बनेका छन् । एनफिल्डमा भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडसँग २–१ अन्तरले पराजित भयो ।
लिड्सको जितमा रोड्रिगो मोरेनाले चौथो मिनेटमा गोल गरे । १४ औं मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरेका थिए । तर, खेल सकिन एक मिनेट अघि क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई २–१ को अप्रत्यासित जित निकाले ।
जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ । लगातार खराव लयमा जारी राखेको लिभरपुल १६ अंक जोडेर १६ औं स्थानमा छ । यता, अर्काे खेलमा चेल्सी ब्राइटनसँग ४–१ अन्तरले स्तब्ध भयो । घरेलु मैदानमा ब्राइटन बलियो चेल्सीविरुद्ध पूरा समय हाबी भएको थियो ।
खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । १४ औं मिनेटमा चेल्सीका रुबेन लोफ्ट्सले आत्मघाती गोल गरे । ४२औं मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गर्दा पहिलो हाफमै ब्राइटन ३–० ले अघि रह्यो ।
४८औं मिनेटमा काइ हार्भट्जले गोल गर्दा चेल्सीले अग्रता ३–१ को स्थितिमा झारे । तर, इन्जुरी समयमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ४–१ को प्रभावशाली जित दिलाए । हारसँगै चेल्सी १२ खेलमा २१ अंक जोडेर पाँचौं स्थानमा छ । ब्राइटन १८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी, तस्बिरहरु
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना