बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चेल्सी र लिभरपुल स्तब्ध

आइतबार, १३ कात्तिक २०७९, ०८ : ०३
आइतबार, १३ कात्तिक २०७९

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा महारथी क्लब द्वय चेल्सी र लिभरपुल स्तब्ध बनेका छन् ।​ एनफिल्डमा भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडसँग २–१ अन्तरले पराजित भयो ।

लिड्सको जितमा रोड्रिगो मोरेनाले चौथो मिनेटमा गोल गरे । १४ औं मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरेका थिए । तर, खेल सकिन एक मिनेट अघि क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई २–१ को अप्रत्यासित जित निकाले । 

जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ । लगातार खराव लयमा जारी राखेको लिभरपुल १६ अंक जोडेर १६ औं स्थानमा छ । यता, अर्काे खेलमा चेल्सी ब्राइटनसँग ४–१ अन्तरले स्तब्ध भयो । घरेलु मैदानमा ब्राइटन बलियो चेल्सीविरुद्ध पूरा समय हाबी भएको थियो ।  

खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । १४ औं मिनेटमा चेल्सीका रुबेन लोफ्ट्सले आत्मघाती गोल गरे । ४२औं मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल  गर्दा पहिलो हाफमै ब्राइटन ३–० ले अघि रह्यो । 

४८औं मिनेटमा काइ हार्भट्जले गोल गर्दा चेल्सीले अग्रता ३–१ को स्थितिमा झारे । तर, इन्जुरी समयमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ४–१ को प्रभावशाली जित दिलाए । हारसँगै चेल्सी १२ खेलमा २१ अंक जोडेर पाँचौं स्थानमा छ । ब्राइटन १८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप