आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सहज जितसँगै बायर्न शीर्ष स्थानमा

शनिबार, १२ कात्तिक २०७९, २२ : ३३
शनिबार, १२ कात्तिक २०७९

बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्नले मैन्जलाई ६–२ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । 

बायर्नको जितमा सेर्जी जिनाब्री, जमल मुसिआला,साडियो माने, लियोन गोर्टेज्का,माथिस टेल र एरिक म्याक्सिम मोटिङले एक एक गोल गरे । मैन्जका सिल्भान विड्मेर र मार्कुस इन्ग्भार्टसेनले एक एक गोल फर्काए । पहिलो हाफमा तीन गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गरेको हो । 

जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले १५ खेलमा २५ अंक जोडेको छ । पराजित मैन्ज १८ अंक जोडेर आठौं स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप