बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

शनिबार, १२ कात्तिक २०७९, २२ : ०२
शनिबार, १२ कात्तिक २०७९

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विदेह नगरपालिक–७ बस्ने १८ वर्षीय रितेशकुमार यादव रहेको प्रहरीले जनाएको छ । विदेह नगरपालिकास्थित तिनकौरियाबाट लग्मातर्फ जाँदै गरेको प्रदेश २–०२–००५प ५३८१ नंको मोटरसाइकल र लग्माबाट आउँदै गरेको स१०प७९७५ नंको मोटरसाइकल सघाडास्थित हुलाकी सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको जनकपुरधामस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप