शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गठबन्धनको निर्णय काठमाडौं–१० मा माओवादीले मानेन

शनिबार, १२ कात्तिक २०७९, २१ : २८
शनिबार, १२ कात्तिक २०७९

नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नम्बर १० ले आफ्नो उम्मेदवार कायमै रहेको जनाएको छ । शनिवार माओवादी केन्द्र काठमाडौं १० का क्षेत्रीय इन्चार्ज उगर्ने लामा (संजय) र १० ख का इन्चार्ज पुरुषोत्तम सुनारले विज्ञप्ति जारी गर्दै शुक्रवार गठबन्धनले गरेको निर्णयप्रति असहमति जनाएका हुन् । 

उक्त क्षेत्रमा प्रतिनिधिसभा र प्रदेश क मा मित्रवत् प्रतिस्पर्धा गर्ने र प्रदेश सभा ख मा एकीकृत समाजवादीका उम्मेदवार साझा रहेको गठबन्धनले निर्णय गरेको थियो । सो निर्णयमा माओवादीको क्षेत्रीय कमिटीले आपत्ति जनाएको हो । काठमाडौं १० मा उम्मेदवारी दर्ता भएदेखि गठबन्धन नभएकाले उक्त उक्त निर्णयप्रति असहमति रहेको माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्र काठमाडौं १० ले प्रतिनिधि सभामा अन्जना विशंखे, प्रदेश सभा क मा दिलीप महर्जन र ख मा गणेश बहादुर कुँवरको उम्मेदवारी कायम रहेको जनाएको छ । तीनै जनाको उम्मेदवारी कायमै रहेकाले भ्रममा नपरी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तामा अनुरोध गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप