शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

जनताको सेवामा निरन्तर लागिरहन्छु, अन्तिम पटक भनेर भाग्दिन : डीना

शनिबार, १२ कात्तिक २०७९, २० : २६
शनिबार, १२ कात्तिक २०७९

नेपाली कांग्रेस केन्द्रीय सह–महामन्त्री एवं मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आफू निरन्तर जनताको सेवामा रहने बताएकी छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा शनिवार भएको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै डीनाले जनताको सेवा भावनाकै कारण समानुपातिकमा पाएको अवसर छोडेर निर्वाचनमा प्रतिस्पर्धा गर्न आएको बताएकी हुन् ।

उनले आफू अरुको जस्तो अन्तिम पटक भन्दै भाग्ने मनसायले चुनावी प्रतिस्पर्धामा नआएको दाबी गरिन् । 'यहाँ केही उम्मेदवारहरू मेरो अन्तिम पटक हो । मलाई बचाइदिनुस् भन्दै आएका छन् । उनीहरू त्यसपछि फेरि जनताको माझमा फर्किँदैनन्,' डीनाले दाबी गरिन् । उनले उनीहरूको अन्तिम पटकमा नझुक्किन पनि आग्रह गरिन् । अन्तिम पटक भनेर आएकाहरु विगतमा जस्तै नफर्कने उनको दाबी थियो ।

कांग्रेस हेटौंडा १६ नम्बर वडा सभापति सोमनाथ दंगालको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत समाजवादीको केन्द्रीय सदस्य धनप्रसाद गौतम, प्रदेश सभा क्षेत्र नम्बर १ (क)का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुलगाएतले मन्तव्य व्यक्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप